
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिमाल संरक्षण, सुरक्षित पर्वतारोहण र दिगो पर्यटन अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् ।
बुधबार आयोजित ‘Everest Summitters Breakfast with President of Nepal’ कार्यक्रममा विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीहरूलाई सम्बोधन गर्दै उनले सगरमाथा नेपालको मात्र नभई विश्वकै महत्वपूर्ण प्राकृतिक सम्पत्ति भएको बताए ।
उनले सगरमाथा र हिमाली क्षेत्रले नेपालको पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको उल्लेख गरे । तर जलवायु परिवर्तन, तापक्रम वृद्धि र पर्वतीय क्षेत्रमा बढ्दो फोहोर अहिले ठूलो चुनौती बनेको पनि बताए ।
राष्ट्रपति पौडेलले हिमालको वातावरण र जैविक विविधता जोगाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए । उनले पर्वतारोहणलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन सबै देश र आरोहीहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
साथै, आरोहीहरूको अनुभव र सुझावले सगरमाथा संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे