
काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले उनलाई सीईओ बनाउने निर्णय गरेको हो ।
केसीले जेठ ११ गते सोमबारदेखि औपचारिक रूपमा आफ्नो पद सम्हाल्नेछन् । उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको हो । यसअघि केसी सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव भएका उनी यसअघि मालिका विकास बैंकका सीईओ पनि रहिसकेका छन् । साथै उनले कुमारी बैंकको आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रूपमा पनि काम गरेका थिए ।
अनुभवी बैंकिङ पृष्ठभूमिका केसीलाई नेतृत्वमा ल्याइएसँगै बैंकले थप सुधार र विस्तारको अपेक्षा गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे