
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले यस वर्ष गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा हुने मुख्य समारोहमा आफैं सम्बोधन नगर्ने भएका छन् । त्यसको सट्टा उनले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सिफारिस गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाउँदै संविधानको व्यवस्था अनुसार समारोहमा राष्ट्रपतिबाट सम्बोधन गराइदिन आग्रह गरेको छ । तर पहिलेको परम्परामा भने प्रधानमन्त्रीले यस्तो कार्यक्रममा सम्बोधन गर्ने चलन थियो ।
यस निर्णयसँगै पुरानो अभ्यास परिवर्तन भएको छ । प्रधानमन्त्रीले सम्बोधन नगर्ने र राष्ट्रपतिलाई जिम्मा दिने निर्णयपछि सरकारी वृत्तमा पनि छलफल सुरु भएको छ । स्रोतका अनुसार राष्ट्रपतिको कार्यालय यस सिफारिसप्रति केही असन्तुष्ट देखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे