
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता वार्तामा ‘हतार नगर्न’ आफ्ना वार्ताकारलाई निर्देशन दिएका छन् । यसअघि सम्झौता अन्तिम चरणमा पुगेको संकेत गरेका ट्रम्पको पछिल्लो भनाइपछि वार्ता केही समय लम्बिने देखिएको छ ।
हाल छलफलमा रहेको प्रस्तावित योजनामा ६० दिनको युद्धविराम थप गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषय समावेश छन् । ट्रम्पले वार्ता सकारात्मक भए पनि दुवै पक्षले समय लिएर सही निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।
इरानी पक्षले पनि छलफल सकारात्मक रहेको जनाएको छ । तर अमेरिकी र इरानीबीच प्रतिबन्ध, रकम फुकुवा र आणविक नियन्त्रणजस्ता विषयमा अझै मतभेद छ । अमेरिकाभित्रै पनि यो सम्झौता इरानप्रति नरम भएको भन्दै आलोचना भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे