
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको काम गर्ने शैली र संसदीय परम्परा तोडिएको भन्दै संसद्मा सत्तापक्षकै सांसदले प्रश्न उठाएका छन् । बजेटका प्राथमिकता सम्बन्धी छलफल भइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्ले बैठकमा अनुपस्थित भएपछि सांसद अमरेश सिंह ले कडा आपत्ति जनाएका हुन् ।
उनले संसद्मा बोल्दै बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुने परम्परा रहेको भन्दै अहिले त्यसको उल्लङ्घन भएको बताए । परराष्ट्रमन्त्रीले बजेट बनाउने काम गर्न नहुने भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
सिंहले नयाँ अभ्यासको नाममा संसद्को स्थापित प्रणाली नै कमजोर बनाउने काम भइरहेको आरोप लगाए । सांसद सिंहले पछिल्लो २० वर्षमा यस्तो अवस्था पहिलोपटक देखिएको पनि बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे