
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मा विरुद्ध परेका उजुरीकर्ताहरूको बयान लिन थालेको छ ।
समितिले १६ वटा उजुरी खोलेर उजुरीकर्ताको कुरा सुन्न सुरु गरेको हो । उजुरीकर्ताहरूले शर्मामाथि न्याय सम्पादनमा त्रुटि, “बेन्च फिक्सिङ” जस्ता आरोप लगाएका छन् । केहीले उनलाई “नेपो–बेबी” भन्दै पारिवारिक पहुँचका आधारमा नियुक्त भएको दाबी गरेका छन् ।
एक उजुरीकर्ताले काठमाडौं महानगरको फोहोर व्यवस्थापनसम्बन्धी मुद्दा खारेज गर्दा ठूलो आर्थिक नोक्सान भएको आरोप समेत लगाएका छन् । समितिका सदस्य वर्षमान पुन ले न्यायाधीशको योग्यताबारे प्रश्न उठाएका छन् । उजुरीकर्ताहरूले भने शर्मामाथि भ्रष्टाचारदेखि योग्यताको मापदण्ड नपुगेकोसम्मका आरोप लगाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे