
काठमाडौँ । प्रधानन्यायाधीशका लागि प्रस्तावित डा. मनोजकुमार शर्मा माथिको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे बस्दैछ । बैठकमा शर्माविरुद्ध परेका उजुरी खोल्ने, सांसदहरूलाई वितरण गर्ने र सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची छ ।
समितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी का महामन्त्री कवीन्द्र बुर्लाकोटी ले आजै उजुरीमाथि छलफल र सुनुवाइ गर्नुपर्ने बताएका छन् । विपक्षी सांसदहरूले भने अध्ययनका लागि थप समय मागेका छन् ।
समिति सदस्य वर्षमान पुन ले प्रक्रिया पूरा गरेर अघि बढ्न सुझाव दिएका छन् । यसअघि समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । सो अवधिमा १६ वटा उजुरी दर्ता भएका छन् । समितिका सभापति बोधनारायण श्रेष्ठ का अनुसार उजुरीकर्तासँग पनि छलफल गर्ने तयारी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे