
काठमाडौँ । सरकारले संवैधानिक परिषद् ९पहिलो संशोधन० अध्यादेश २०८३ लाई कुनै परिवर्तन नगरी फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिले जस्तै मस्यौदा पुनः सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशमा पुनर्विचार गर्न भन्दै फिर्ता पठाएका थिए। तर सरकारले राष्ट्रपतिको सुझावअनुसार संशोधन नगरी पुरानै रूपमै अघि बढाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अध्यादेश ‘जस्ताको तस्तै’ पुनः राष्ट्रपतिसमक्ष पठाइएको छ। अब राष्ट्रपति पक्षबाट के निर्णय हुन्छ भन्ने कुरामा ध्यान केन्द्रित भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे