
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद केपी खनाल विवादमा परेका छन्। उनको घर ऐलानी जग्गामा बनेको र नक्सापास बिना निर्माण गरिएको भन्ने कुरा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ।
कैलाली–२ बाट निर्वाचित खनालले लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिक तीन तले घर बनाएको बताइन्छ। सरकारी वा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियान चलिरहेको बेला सांसदकै घरमाथि प्रश्न उठेपछि यो विषय थप चर्चामा आएको हो।
प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान चलाइरहेको बेला खनालको घरमाथि पनि कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्न उठिरहेको छ।
खनालको सचिवालयले भने आरोपलाई राजनीतिक पूर्वाग्रह भनेको छ। उनका स्वकीय सचिव हर्क पुनका अनुसार खनालका बुबाआमाले भारतमा काम गरेर कमाएको पैसाले घर बनाइएको हो। उनले घर ऐलानी जग्गामा भए पनि अतिक्रमण गरेर नभएको दाबी गरेका छन्। तर सामाजिक सञ्जालमा भने सबैलाई समान रूपमा कारबाही गर्नुपर्ने माग उठिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे