
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन्। उनी दक्षिण तथा मध्य एसियाका लागि ट्रम्पका विशेष प्रतिनिधि हुन् र अहिले भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारी पनि सम्हालिरहेका छन्।
नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्ने सम्भावना भए पनि त्यो भेट अहिलेसम्म पक्का भइसकेको छैन। तर गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्ने कार्यक्रम भने तय भइसकेको छ।
यसअघि गोरले बंगलादेश, भुटान र श्रीलंकाको भ्रमण गर्दै त्यहाँका उच्च नेताहरूसँग भेट गरिसकेका छन्। नेपाल भ्रमणमा पनि द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे