
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूलाई हाल विदेश जान नपाउने बनाइएको छ। आर्थिक अनियमितताको आशंकामा छानबिन भइरहेको कारण उनीहरूको यात्रा रोकिएको हो। खेलकुद मन्त्रालयका अनुसार, यस विषयमा अनुसन्धान सहज बनाउन यस्तो कदम चालिएको हो।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाका पदाधिकारीहरूलाई निलम्बन गरिसकेको थियो। राखेपले आर्थिक कारोबारबारे छानबिन गर्न कमल भट्टराईको नेतृत्वमा तीन सदस्यीय समिति पनि बनाएको छ। यो प्रक्रिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा अघि बढाइएको हो।
छानबिनका क्रममा सम्बन्धित व्यक्तिहरू विदेश नजाऊन् भनेर राखेपले खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो। त्यसपछि गृह मन्त्रालयमार्फत अध्यागमन विभागले उनीहरूको पासपोर्ट रोक्का गरेको हो।
एन्फामा ‘अर्ली इलेक्सन’ सम्बन्धी विवाद चर्किएपछि राखेपले चैत ११ गतेदेखि तीन महिनाका लागि संघलाई निलम्बन गरेको थियो। अहिले सोही विषय र आर्थिक पक्षबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे