
काठमाडौं । रुपन्देहीमा लागुऔषध ओसारपसार गर्ने समूहलाई समात्न जाँदा प्रहरीले गोली चलाएको छ। घटनामा विशाल यादव घाइते भएका छन्, उनको खुट्टामा गोली लागेको छ र अहिले भैरहवाको भीम अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार सूचनाका आधारमा कोटहवामा पुगेको टोलीले मोटरसाइकलमा आएका तीन जनालाई रोक्न खोज्दा उनीहरू भाग्न खोजे र ढुंगा प्रहार गरे। त्यसपछि प्रहरीले हवाई फायरसहित गोली चलाएको हो। घटनापछि तीनै जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ। उनीहरूबाट ठूलो परिमाणमा औषधि बरामद भएको प्रहरीले जनाएको छ।यसैबीच, काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रमा पनि प्रहरीले लागुऔषध कारोबारको शंकामा गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे