
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज सुनको मूल्य एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । लगातार बढ्दो मूल्यका कारण सुनचाँदी बजार थप तातिँदै गएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे