
जिनेभा । परराष्ट्र सचिव अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्अन्तर्गतको सार्वभौमिक आवधिक समीक्षा कार्यसमूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गरेका छन्। जिनेभामा सम्पन्न सत्रमा सचिव राईले नेपालको मानवअधिकार अवस्थाबारे विस्तृत जानकारी गराएका हुन्।
प्रतिवेदन प्रस्तुत गर्दै उनले नेपालले नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको संरक्षण र प्रवर्द्धनमा निरन्तर प्रगति गरिरहेको उल्लेख गरे। साथै लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासनको मजबुती र समावेशी लोकतन्त्र निर्माणतर्फ भएका प्रयासहरूबारे पनि अवगत गराए।
सचिव राईले मानवअधिकार संरक्षणलाई राज्यको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको बताउँदै अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नीति, कानुन र संस्थागत सुधारलाई निरन्तरता दिइएको स्पष्ट पारे। उनले आगामी दिनमा समेत मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि नेपाल प्रतिबद्ध रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे