
काठमाण्डौ। हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा विभिन्न किसिमका प्राकृतिक विपद् जोखिमहरू बढ्दै गइरहेका छन्। जोखिमहरू पहिलेभन्दा जटिल र बारम्बार देखिन थालेका छन् भने पर्याप्त तयारी नहुने देश र समुदायहरूले यसको बढी असर भोग्नुपरेको विज्ञहरू बताउँछन्।
यसै सन्दर्भमा ‘एचआई–ग्रिड’ पहलमार्फत अष्ट्रेलियाले हिन्दुकुश–हिमालय विपद् जोखिम न्यूनीकरण केन्द्र (एचकेएच डीआरआर हब) लाई सहयोग गरेको छ। आईसिमोडको नेतृत्वमा सञ्चालन हुँदै आएको यो क्षेत्रीय मञ्चले एचकेएच क्षेत्रभर विपद् जोखिम घटाउने र समुदायको सहनशीलता बढाउने काम गर्दै आएको छ।
एचकेएच डीआरआर हबले देश तथा समुदायलाई जोखिम बुझ्न, प्रारम्भिक चेतावनी प्रणाली सुधार गर्न र समयमै तयारी योजना बनाउन सहयोग पुर्याउँदै आएको छ। यस वर्ष हबले तल्लो कोशी नदी बेसिनका समुदाय अगुवाहरूलाई बाढीको प्रारम्भिक चेतावनी प्रणाली विकासमा पुर्याएको योगदानका लागि सम्मान गरेको छ। यसले जनधन, घरधुरी र जीविकोपार्जनलाई सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे