
काठमाडौँ – मेटलाइफ नेपालले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा रु. २५,००,००० (पच्चीस लाख) सहयोग गरेको छ। यस हप्ता कम्पनीले उक्त रकम माननीय अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेको हो।
कम्पनीका अनुसार, यो सहयोग नेपालको स्थानीय समुदायहरूको हितमा आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गर्ने उद्देश्यले प्रदान गरिएको हो। साथै, देशको भौतिक संरचनाको पुनःनिर्माणमा योगदान गर्दै नागरिक जीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य लक्ष्य रहेको मेटलाइफले जनाएको छ।
मेटलाइफ, विश्वका अग्रणी वित्तीय सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो, जसले बीमा, एन्युटी, कर्मचारी लाभ योजना र सम्पत्ति व्यवस्थापन सेवाहरू उपलब्ध गराउँदै व्यक्तिगत तथा संस्थागत ग्राहकलाई सुनिश्चित भविष्य निर्माण गर्न मद्दत गर्दै आएको छ। सन् १८६८ मा स्थापना भएको मेटलाइफ विश्वभर ४० भन्दा बढी बजारमा सञ्चालनमा रहेको छ।
नेपालमा मेटलाइफ २००१ देखि संचालनमा छ र जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा सामूहिक बीमाजस्ता सेवा प्रदान गर्दै आइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे