
काठमाडौँ/चितवन । अमेरिकी दूतावास नेपालद्वारा आयोजना गरिएको “क्रिएटर्स मेला २०२६” को चितवन संस्करण आगामी माघ ३ गते होटल सिरैचुलीमा हुने भएको छ। यस सत्रको शीर्षक “राइजिङ क्रिएटर्स अफ नेपाल: विभिन्न शहरका कथा” राखिएको छ, जसले नेपालका विभिन्न शहरबाट उदाउँदा सिर्जनाकर्मीहरूको यात्रा र स्थानीय कथा, संस्कृति तथा समुदायले कसरी उनीहरूको सिर्जनात्मक आवाजलाई आकार दिन्छ भन्ने विषयमा प्रकाश पार्नेछ।
कार्यक्रमले मुख्य सहर बाहिरका क्रिएटर्स कसरी आफ्नो दर्शक समूह निर्माण गर्छन्, स्थानीय दृष्टिकोणलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउँछन्, र आफ्नो मौलिकता कायम राख्दै ठूलो सिर्जनात्मक परियोजना निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नेछ। यस सत्रमा पहुँच, निरन्तरता र आफ्नो मूलधारासँग सम्बन्ध कायम राख्ने उपायहरूमा विशेष जोड दिइनेछ।
सत्रका प्रमुख वक्ताहरूमा सबिन मगर, प्रमिशा कंडेल, र दि के–ओएस रहेका छन् भने मोडरेटरको भूमिका रोनीश्मा श्रेष्ठले निर्वाह गर्नेछिन्। कार्यक्रममा सहभागी हुनुका लागि पंजीकरण अनिवार्य भए पनि प्रवेश निशुल्क रहनेछ। सहभागीहरूले आफ्नो पुष्टि इमेल अवश्य साथमा ल्याउनुपर्नेछ।
चितवन बाहिरका सहभागीहरूका लागि “क्रिएटर्स मेला २०२६” का अन्य संस्करणहरू यसरी आयोजना हुनेछन्:
माघ ३ गते होटल सिरैचुली
माघ १०: होटल सिद्धार्थ, नेपालगञ्ज
माघ १६–१७: एलोफ्ट होटल, काठमाडौँ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे