
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज १ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे