
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलास ले लामिछानेलाई २ करोड ७४ लाख रुपैयाँभन्दा बढी धरौटी बुझाएमा थुनामुक्त गर्न आदेश दिएको हो। न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेल को संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।
लामिछानेमाथि देशका विभिन्न जिल्लामा सञ्चालित सहकारी संस्थाहरूको बचत रकम हिनामिना तथा संगठित अपराध सम्बन्धी अभियोग लगाइएको छ। ती अभियोगका कारण उनी लामो समयदेखि थुनामा रहँदै आएका थिए। पछिल्लो समय उनलाई ललितपुरस्थित नख्खु कारागार मा राखिएको थियो।
यसअघि जिल्लास्तरीय अदालतले दिएको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएमा लामिछाने थुनामुक्त हुनेछन्। यस प्रकरणमा थप कानुनी प्रक्रिया भने जारी रहने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे