
काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सोमबार जारी गरेको समीक्षा अनुसार, मौद्रिक उपकरणहरूमध्ये ब्याजदर करिडोरको माथिल्लो सीमा स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट ५।७५ प्रतिशत र नीतिगत दरलाई ४।५ प्रतिशतबाट ४।२५ प्रतिशत कायम गरिएको छ।
साथै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा एक प्रतिशत कम गर्नुपर्ने बाध्यकारी नियम खारेज गरिएको छ। लघुवित्त संस्थाहरूका लागि पनि नियम परिमार्जन गरिएको छ। यसअनुसार, धितोमा दिने कर्जाको सीमा ७ लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ कायम गरिएको छ। साथै, लघुवित्तका ऋणीहरूले कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सक्ने सुविधा पनि थपिएको छ।
यस निर्णयले ब्याजदर कम गरेर वित्तीय पहुँच बढाउने र लघुवित्तमार्फत कर्जा सुविधा सहज बनाउने उद्देश्य राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे