
काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनामा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको राजस्व विवरण अनुसार कुल रु. २४ करोड ८५ लाख १४ हजार ५६४ राजस्व संकलन भएको छ। कात्तिक महिनाको राजस्व संरचनामा सबैभन्दा ठूलो हिस्सा अवैध मालसामान बरामद शिर्षकबाट आएको देखिन्छ, जसको योगदान मात्रै ८३.८० प्रतिशत रहेको छ।
उक्त अवधिमा अवैध सुन–चाँदी बरामद शिर्षकले रु. ३४ लाख ९७ हजार ९१९ (९.८९%) राजस्व दिएको छ भने अवैध मुद्रा बरामदबाट रु. ९ लाख (०.०८%) राजस्व संकलन भएको विवरणमा उल्लेख छ।
यस्तै, अवैध पशुपन्छी बरामदबाट रु. १३ लाख ५५ हजार ९५० (०.५४%), अवैध नदीजन्य पदार्थ उत्खननबाट रु. ११ लाख ४० हजार ८३० (०.८८%), तथा अवैध काठ बरामद शीर्षकबाट रु. १० लाख ३ हजार ३८७ (०.८०%) राजस्व संकलन भएको छ।
अदालती फैसला कार्यान्वयनबाट रु. ६९ लाख ६७ हजार ४४२ (८.०८%) राजस्व प्राप्त भएको छ भने ट्राफिक कारबाही राजस्वले रु. ४० लाख ४५ हजार ६६१ (२०.०२%) योगदान दिएको छ। त्यसैगरी, श्रोत नखुलेको रकम शीर्षकबाट रु. १३ लाख ५८ हजार ३५० (४.८६%) राजस्व दाखिला भएको छ।
हुण्डी कारोबार शीर्षकमा भने कात्तिक महिनामा कुनै पनि राजस्व संकलन नभएको प्रशासनले जनाएको छ। समग्र विवरणले कात्तिक महिनामा अवैध गतिविधि नियन्त्रण अभियान सक्रिय रहेको संकेत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे