
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन अर्थात् सोमबार सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको महासंघले जनाएको छ। चाँदी तोलामा ८५ रुपैयाँले बढेर मंगलबार ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको दर ३ हजार ११५ रुपैयाँ थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे