
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बंदी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा पेसीमा पुगेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा आज प्रसाईंको निवेदन सुनुवाइका लागि पेशी तोकिएको छ। निवेदन उनका छोरा निराजन प्रसाईंले मंसिर ३ गते दर्ता गरेका हुन्।
प्रसाईंलाई शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो। उनी ७ गतेदेखि देशव्यापी आन्दोलन र यातायात ठप्प पार्ने चेतावनी दिइसकेका थिए। एनपीएल समेत रोक्न उनी आग्रह गर्दै आएका थिए।
गत आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले हिंसा भड्काउने र जनतालाई आतंकित पार्ने गतिविधिमा संलग्न व्यक्तिमाथि कडाइका साथ कानुनी कारबाही गर्ने निर्णय गरेको थियो।
प्रसाईं नेतृत्वित राजावादी आन्दोलनको क्रममा गत चैत १५ मा तीनकुनेमा भएको हिंसामा दुई जनाको ज्यान गएको थियो। उनी पक्राउविरुद्ध केही प्रदर्शनकारीले विरोध प्रदर्शनको तयारी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे