
काठमाडौँ ।s शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अब पुराना कारलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न सरकारले अनुमति दिने बताएका छन्।
उनका अनुसार नेपालमा धेरै इन्जिनियर र टेक्निसियनले पुरानो कारको इन्जिन हटाएर त्यसलाई ब्याट्रीबाट चल्ने गाडी बनाउन चाहँदा पनि सरकारले वर्षौँ अनुमति नदिँदै आएको थियो।
पुनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्— पहिले विभिन्न नियम र अवरोध देखाएर यस्तो काम रोकिँदै आएको थियो, तर अब यातायात मन्त्रालयले पुराना गाडीलाई इलेक्ट्रिकमा बदल्न अनुमति दिने व्यवस्था मिलाउनेछ।
यो निर्णयपछि पुराना पेट्रोल–डिजेल गाडीलाई वातावरणमैत्री बनाउने काम सजिलै हुन सक्ने अपेक्षा गरिएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे