
काठमाडौँ । सरकारले दिवंगत पत्रकार सुरेश रजककी पत्नी सुजन मगियालाई रोजगारी दिएको छ। उनलाई सुरक्षण मुद्रण कोषमा कम्प्युटर अधिकृतको रूपमा करार सेवामा नियुक्त गरिएको हो।
सोमबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।
सुरेश रजकको २०८१ चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो। यस नियुक्तिपछि पत्रकार रजककी पत्नी सुजन मगियाले सरकारी सेवामा काम सुरु गर्ने भएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे