
काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँचबाट मतदाता नामावलीसम्बन्धी कुनै सूचना बाहिरिएको दाबी असत्य भएको स्पष्ट पारेको छ। आयोगले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका यस्तो दाबीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोग नागरिकका संवेदनशील र गोप्य विवरणको पूर्ण सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको छ। आयोगसँग सम्बद्ध सूचना प्रविधि विज्ञहरूले प्रणालीको निरन्तर अनुगमन, सुरक्षा जोखिम विश्लेषण र आवश्यक उपायहरू अपनाइरहेको जानकारी दिइएको छ।
सामाजिक सञ्जालमा देखाइएका पीडीएफ फाइलहरू विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालय र राजनीतिक दललाई उपलब्ध गराइएका सामान्य जानकारी मात्र हुन्। आयोगले सबै सरोकारवालालाई अप्रमाणित, भ्रामक र मिथ्या सूचना नमान्न अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे