
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी बिहीबार ९आज०का लागि तोकिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।
गत बिहीबार उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउन आदेश दिएको थियो । प्रतिलिपि आएसँगै आज पेशी तोकिएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जनाएको छ । सुरुको मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको हो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।
लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरेर रिहा गर्न माग गरेका थिए । उनले दिएको निवेदनमाथि जिल्ला अदालत, रुपन्देहीमा गत साउन २६ गते सुनुवाइ गर्दै न्यायाधीश नारायण सापकोटाले रिहा गर्न अस्वीकार गरेका थिए । जिल्ला अदालतको यस आदेश विरुद्ध उनी गत भदौ ९ मा उच्च अदालत पुगेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे