
काठमाडौं । सरकार र व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।
बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा दुर्गा प्रसाईँ भने सहभागी भएका छैनन्। उनको तर्फबाट संगठन विभाग प्रमुख तेजेन्द्रप्रसाद रायमाझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद सङ्ग्रौला लगायतका प्रतिनिधिहरू सहभागी छन्।
दुर्गा प्रसाईँले मंसिर ७ गतेदेखि देशभर आन्दोलन सुरु गर्ने घोषणा गरिसकेका छन्। यसपटकको आन्दोलनका लागि उनले नेपाली कांग्रेस (बीपी) सँग पनि सहकार्य गरेका छन्। सरकार र प्रसाईँ समूहबीचको वार्ता हाल जारी छ भने आन्दोलन रोक्ने वा नरोकिने विषयमा निर्णय पछि हुने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे