
काठमाडौँ । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएकाले अधिकांश स्थानमा आकाश खुला रहने महाशाखाले जानकारी दिएको हो।
दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुन सक्ने भए पनि अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। त्यस्तै, आज राति पनि देशभर मौसम सामान्य र सफा रहने पूर्वानुमान गरिएको छ। महाशाखाले हावापानी स्थिर रहेकाले देशभर यात्रा र बाहिरी क्रियाकलापका लागि अनुकूल मौसम रहने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे