
काठमाडौँ । भारतको दिल्लीमा भएको विस्फोटलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले दुःख व्यक्त गरेकी हुन्। उनले विष्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।
उनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेकी छिन्, ‘हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ।’ दिल्लीमा भएको कार विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे