
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र बलियो बनाउन र त्यसको लाभ जनताले पाउन सक्ने वातावरण तयार गर्न सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले यो कुरा सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा बताएका हुन्।
राष्ट्रपति पौडेलले भने, “जनताको ठूलो बलिदानीले लोकतन्त्र स्थापना भएको हो। त्यसलाई बलियो बनाउँदै फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सञ्चार माध्यमहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने अहिलेको आवश्यकता हो।” उनले पत्रकारितामा सत्यता, निष्पक्षता र जनताप्रति उत्तरदायित्व कायम राख्न सबै सञ्चारकर्मीलाई आग्रह गरे।
उहाँले सार्वजनिक सेवा प्रसारणलाई सरकारी वा व्यावसायिक स्वार्थको संस्था नभई नागरिकको संस्था भएको र यसले राष्ट्रहितमा काम गर्नुपर्ने बताए। इण्टरनेट र सामाजिक सञ्जालले समाचार प्रवाहमा ठूलो परिवर्तन ल्याएकोले गलत सूचना, अफवाह र भ्रम फैलिन नदिन पत्रकारितामा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने प्रयासको प्रशंसा गर्दै दुबै संस्थालाई एउटै लयमा अघि बढाउने चुनौती र अवसर रहेको बताए। उनले सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे