
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ। यो मुद्दा न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा सुन्ने तयारी छ।
यसअघि कात्तिक १३ गते सुनुवाइ हुने तय भए पनि जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि पेसी स्थगित गरिएको थियो। त्यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ सुनुवाइ गर्न आदेश दिएको थियो।
भदौ ९ गते लामिछानेले आफूले ठगी मुद्दामा बिगो रकम बुझाउँदा समेत जिल्ला अदालतले रिहा नगरेको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा लामिछानेले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न माग गरेका थिए। तर साउन २६ गते जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त निवेदन खारेज गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे