
काठमाडौँ, कात्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेल आज अपराह्न स्वदेश फर्कदै छन् । उनी कतारको राजधानी दोहा गएर त्यहाँ आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएको भिए । राष्ट्रपति पौडेल कात्तिक १७ गते कतारको राजधानी गएका थिए ।
राष्ट्रपतिले गत मंगलबार सम्मेलनको मुख्य सत्रमा सम्बोधन गरेका थिए । त्यस्तै, सम्मेलनकै क्रममा भएको ‘गरिबी निवारण, सबैका लागि रोजगार र सामाजिक समावेशीकरण’ सम्बन्धी उच्चस्तरीय छलफल कार्यक्रममा पनि उनले सम्बोधन गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे