
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ। आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे