
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेन(जी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल लगाय सहभागी हुने छन्।
त्यसैगरी, जेन(जी समूहबाट ‘इण्डिजिनिस जेन(जी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेन(जी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुने जनाइएको छ। जेनजीको आन्दोलनपछि बदलिएको परिस्थितिमा त्रिपक्षीय छलफल पहिलो पटक हुन लागेको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।
प्रधानमन्त्री कार्यालयका अनुसार छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ। बैठकमा आगामी निर्वाचनका तयारी, राजनीतिक स्थिरता र आपसी समन्वयका विषयमा केन्द्रित छलफल हुने बताइएको छ। बैठकबाट आगामी राजनीतिक सहमति र निर्वाचनको स्पष्ट खाका तय हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे