
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् विप्लवले स्वाधीनता र समाजवादको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्।
उनले भनेका छन्, “नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो। अरूले होइन, नेपालीले नै देश चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल र परजीवीहरू समाप्त हुनेछन्, तब देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ। स्वाधीनता र समाजवादको पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ साथीहरू।” नेकपाको पछिल्लो केन्द्रीय समितिको विशेष बैठकले विभिन्न चरणमा सङ्घर्ष गर्ने रणनीति तय गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे