
काठमाडौँ। ‘राष्ट्र, राष्ट्रियता, धर्म (संस्कृति र नागरिक बचाउ महाभियान)’का संयोजक दुर्गा प्रसाईले देशलाई विदेशी शक्तिको योजना अनुसार जानाजानी कमजोर बनाइएको दाबी गरेका छन्। आइतबार पत्रकारहरूसँगको संवादमा उनले बताए, आफूले सुरु गरेको अभियान कुनै बैंकको ब्याज नतिर्ने बहानामा नभई देशलाई लुटतन्त्रबाट बचाउने उद्देश्यले भएको हो।
प्रसाईंले कर्जा सूचना केन्द्रमा आफ्नो नाम कालोसूचीमा नरहेको प्रमाण समेत प्रस्तुत गर्दै २०८२ सालसम्मको विवरण देखाए। उनले भने, आफू देश छोडेर जान तयार रहेको छ भने पनि त्यस्तो आवश्यकता नभएको बताए। “तपाईंहरूले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले सबै बिग्रियो भन्ने,” प्रसाईंले भने, “म रेडी छु, म जान तयार छु। मलाई लोभ छैन, मलाई केही चाहिँदैन।”
उहाँले आफूलाई अहिले विद्रोही जस्तो देखिएको भए पनि विद्रोही नभएको स्पष्ट पारे। प्रसाईंले जेनजी आन्दोलनमा भाग लिन खोज्दा अनुमति नदिइएको भन्दै पूर्व सहयोगी बालेनजीलाई धन्यवाद समेत दिए।
उनले २०७४ फागुनमा प्रचण्ड र केपी ओलीलाई आफ्नो घरमा मार्सी चामल खुवाएर दुई पार्टी मिल्ने प्रयास गरेको पनि बताए। तर, ओली–प्रचण्ड मिल्दा पनि मेडिकल कलेजलाई सम्बन्धन नपाएपछि प्रसाईं सर्वोच्च अदालतसम्म पुगेका थिए।
उहाँको भनाइ अनुसार, अभियानको उद्देश्य देशको हित र न्याय सुनिश्चित गर्नु हो, न कि व्यक्तिगत लाभ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे