
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधनले आफू स्तब्ध भएको बताइन। ९२ वर्षीय शेर्पाको बिहीबार काठमाडौँको कपनस्थित निवासमा निधन भएको हो।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जलि व्यक्त गर्दै उनी ऐतिहासिक आरोहणका प्रत्यक्ष साक्षी मात्र नभई जीवित धरोहर भएको उल्लेख गरिन। उनका अनुसार करिब ७० वर्षअघि मानव इतिहासकै ठूलो उपलब्धि मानिएको आरोहण अनुभव पछिल्ला पुस्तासँग बाँडिरहनु कान्छा शेर्पाको अमूल्य योगदान थियो।
प्रधानमन्त्रीले शेर्पाले जलवायु परिवर्तनका असरबारे देखाएको चिन्ता स्मरण गर्दै त्यसलाई सम्बोधन गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेसँग सगरमाथा आरोहण दलमा संलग्न कान्छा शेर्पा दुई दशक पर्वतारोहण क्षेत्रमा सक्रिय रहेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे