
काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । विद्युतीय चुरोट ९भेप० मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र ३ वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको हो।
२०७९ पुसमा भेपमार्फत ल्याइएको सुन र २०८० साउनमा बरामद ६१ किलो सुन प्रकरणको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश डिल्ली आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो। भन्सार कार्यालयले बरामद गरी राखेको भेपसहितको सुन चोरी भएको विषयसमेत आयोगले अध्ययन गरेको थियो। १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेशमा शंका लागेपछि जाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे