
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र ३ वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको हो।
२०७९ पुसमा भेपमार्फत ल्याइएको सुन र २०८० साउनमा बरामद ६१ किलो सुन प्रकरणको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश डिल्ली आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो। भन्सार कार्यालयले बरामद गरी राखेको भेपसहितको सुन चोरी भएको विषयसमेत आयोगले अध्ययन गरेको थियो।
सिआइबीले आइतबार महरालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। सो क्रममा सोमबार अदालतमा मुद्दा दर्ता गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे