
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा ‘जेन–जी आन्दोलन’को दबाबपछि स्थानीय समूहले भोटेकोशी पावर कम्पनीको ४५ मेगावाट क्षमताको अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट १० प्रतिशत निःशुल्क शेयर पाएको छ।
जेन–जी समूह एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए। सुरुमा कम्पनीले निःशुल्क शेयर दिन अस्वीकार गरेको थियो, तर स्थानीय दबाब बढेपछि आइतबार सम्झौता भएको हो। सम्झौतामा ‘जेन–जी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड’लाई १० प्रतिशत शेयर दिने निर्णय गरिएको छ।
यसअघि स्थानीयलाई ६ प्रतिशत शेयर दिने सहमति भएको थियो। सम्झौताको अनुसार थप ४ प्रतिशत शेयर दिइएको छ। सम्झौतामा जेन–जी समूहका प्रतिनिधि पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र आयोजनाका सचिव विश्वमोहन कर्माचार्यले हस्ताक्षर गरेका छन्।
आन्दोलनका कारण आयोजनाको काम एक महिनासम्म ठप्प भएको थियो, तर सहमतिपछि पुनः सञ्चालनमा आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे