
काठमाडौँ । इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी अब जीवित नरहेको इसराइली डिफेन्स फोर्स (IDF) ले औपचारिक रूपमा घोषणा गरेको छ।
नेपालका लागि इजरायली राजदूत धनप्रसाद पण्डितका अनुसार, केहीबेर अघि विपिनको परिवारसँग भिडियो कन्फरेन्स मार्फत इजरायली सरकारले यो जानकारी दिएको हो। भिडियो कन्फरेन्समा विपिनकी बहिनी अमेरिकाबाट, उनका दाजु किशोर नेपालबाट, र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। विपिन जोशीलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएर लिएर गएको थियो ।
त्यसै क्रममा हमासले बन्धकहरू छाड्न सुरु गरेको पनि रिपोर्ट छ। पहिलो चरणमा ७ जना बन्धकलाई हमासले अन्तर्राष्ट्रिय रेड क्रसको जिम्मामा हस्तान्तरण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। तर ती बन्धकहरू को-को हुन् भन्ने जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे