
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जेन–जी आन्दोलनअगाडि उनका निवासबाट दुई ट्रकमा पैसा निकालिएको भन्ने खबरलाई चुनौती दिएको छ।
आज प्रचण्डको स्वकीय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै सो आरोपहरू प्रमाणित गर्न सञ्चार माध्यमहरूलाई चुनौती दिएको जानकारी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “जेन–जी आन्दोलनअघि दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने दाबीहरूको सत्यता प्रमाणित गर्न हामी चुनौती दिन्छौं।”
सञ्चार माध्यमहरूमा केही व्यक्तिहरूले सो घटनाबारे वक्तव्य दिएका थिए। प्रचण्डको सचिवालयले ती वक्तव्यहरूलाई खण्डन गर्दै, नेतृत्वविरुद्ध जानाजानी तथ्यहीन समाचार फैलाइएको भन्दै खेद प्रकट गरेको छ।
सचिवालयले स्पष्ट पारेको छ कि जेन–जी आन्दोलनबारे गरिएको केही दाबीहरू आधारहीन र चरित्रहत्या गर्ने उद्देश्यका साथ फैलाइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे