
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल आज काठमाडौंको सञ्चारग्रामस्थित विभिन्न निकायको स्थलगत भ्रमणमा छन्।
मन्त्रीका प्रमुख स्वकीय सचिव उद्धव भट्टराईका अनुसार बिहान १० बजे उनले प्रेस काउन्सिल नेपालको भ्रमण सुरु गरेका छन्। त्यसपछि बिहान ११ बजे सूचना विभाग पुग्ने र दिउँसो १२ बजे पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा छलफल गर्ने कार्यक्रम छ।
मन्त्री खरेलसँग मन्त्रालयका सचिव राधिका अर्यालसहितका कर्मचारीहरू पनि सहभागी भएका छन्। यस भ्रमणमार्फत उनले सम्बन्धित निकायका कामकारबाही प्रत्यक्ष अवलोकन गर्ने र सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे