
डोटी | डोटीको जोरायल गाउँपालिकामा यात्रुवाहक इभी हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ५:३५ बजे अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९५६ नम्बरको हाइस गोल्डेनस्थित भीमदत्त राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा अछामको मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ भने बाँकी १० जनाको अवस्था मध्यम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे