
काठमाडौं — नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गम्भीर आरोप लगाएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कुलमानलाई आफूले देखेको “सबैभन्दा ठूलो भ्रष्टाचारी” भनेका छन्।
बस्नेतले सम्पत्ति शुद्धीकरण (अर्थस्रोत अनुगमन)को अनुसन्धान हालका अर्थमन्त्री र पूर्वसचिव रामेश्वर खनालदेखि सुरु गर्नुपर्ने पनि बताएका छन्।
उनले आफूलाई राजनीतिक रूपमा फसाउन खोजिएको दाबी गर्दै जेन–जी आन्दोलनमा केही व्यक्तिहरूले तोडफोड मच्चाएको आरोप लगाए। तीमध्ये सुदन गुरुङलाई पक्राउ गर्न माग गर्दै उनले यसबारे उजुरी पनि दिएको बताए।
बस्नेतले अब देशभर “डिजी फोर्स” नामक अभियान चलाउने र डिजिटल जेनेरेशनको नेटवर्क विस्तार गर्ने घोषणा गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे