
काठमाडौँ — जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव बढी छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली रहने र केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेशका पश्चिमी क्षेत्रहरूमा पनि आंशिक बदली रहनेछ ।
दिउँसो कोशी र तराईका अधिकांश भागमा सामान्य बादल छाउनेछ । राति भने कोशी र मधेस प्रदेशका साथै देशका केही पहाडी भागमा आंशिक बदली रहने र अरू ठाउँमा मौसम सफा रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकीका पहाडी भागमा एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना विभागको आजको बुलेटिनमा उल्लेख गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे