
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा आउँदो असोज १० गते पोखरामा बस्ने गरी बोलाएको छ। सभामा सेयरधनीलाई लाभांश वितरणदेखि नयाँ वित्तीय प्रस्तावहरू पारित गर्ने एजेन्डाहरू समावेश गरिएका छन्।
साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ। बैंकले स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वास कायम गर्ने लक्ष्य लिएको जनाएको छ।
सभाले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अग्राधिकार सेयर जारी गर्ने प्रस्तावलाई स्वीकृत गर्नेछ। यस निर्णयले बैंकलाई पूँजी संरचना सुदृढ गर्न र विस्तार योजनामा थप सहयोग गर्ने अपेक्षा गरिएको छ।
साधारणसभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संचालक समितिलाई आवश्यक अधिकार दिने, सर्वसाधारण सेयरधनी समूहमा रिक्त सञ्चालक नियुक्ति अनुमोदन गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि प्रस्तुत गरिनेछन्।
लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि भदौ २७ गते बुक क्लोज मिति तोकिएको छ। सो मितिपछि नामावलीमा रहेका सेयरधनीहरू मात्र लाभांश र सभामा सहभागी हुने योग्य हुनेछन्।
माछापुच्छ्रे बैंकले विगतका साधारणसभाहरूमा समेत नियमित रूपमा सेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ। यसपटकको साधारणसभाले पनि लगानीकर्तामा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे