
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र स्काइवाल्क नेपालबीच सेवा शुल्कमा विशेष छुट दिने समझदारी भएको छ। उक्त सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले स्काइवाल्क नेपालको टिकटमा २५ प्रतिशत छुट पाउने सुविधा प्राप्त गर्नेछन्।
बैंकसँग आबद्ध ग्राहकहरूले आफ्नो सम्बन्धित परिचयपत्र वा अन्य आवश्यक प्रमाण प्रस्तुत गरी सहज रूपमा छुट सुविधा लिन सक्ने व्यवस्था गरिएको छ। बैंकले यो सहकार्यले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्दै उनीहरूसँगको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
सम्झौतामा कामना सेवा विकास बैंकको तर्फबाट काठमाडौं क्षेत्रीय प्रमुख केदारनाथ शर्मा र स्काइवाल्क नेपालको तर्फबाट विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका थिए।
दुवै संस्थाले आगामी दिनमा आपसी सहकार्यका माध्यमबाट ग्राहक लाभका थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे