
काठमाडौं, साउन १९। नेपाली औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको मंगलम् इन्डस्ट्रीजले २०८२ साउन १९ गते (२०२५ जुलाई ४) अवसर इक्विटी डाइभर्सिफाइड फण्डबाट ३८ करोड रुपैयाँ बराबरको लगानी सुरक्षित गरेको छ।
यो लगानी कम्पनीको दीर्घकालीन दृष्टिकोणप्रति देखिएको मजबुत विश्वासको संकेत हो। यसले मंगलम् इन्डस्ट्रीजलाई वित्तीय सुदृढीकरण, उत्पादन दक्षता अभिवृद्धि, नवप्रवर्तन प्रवर्द्धन र बजार विस्तारमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
मंगलम् इन्डस्ट्रीजका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरीवालका अनुसार, “यो सहकार्यले हामीलाई दिगो वृद्धि र निरन्तर उत्कृष्टताको यात्रामा थप उर्जा दिन्छ।”
औद्योगिक नवप्रवर्तन र वातावरणमैत्री प्रविधिमा केन्द्रित रही आएको मंगलम् इन्डस्ट्रीजलाई प्राप्त लगानीले नेपालको औद्योगिक विकासमा थप गति दिने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे